राज शाही मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई रहेको छ ।

यस अघि देश नै बन्दा वन्दीका भएका वेला पनि पठन पाठन भएका २ विधालयमा यो पछिल्लो लगडाउनमा पनि पठन पाठन भइ रहेको छ ।

हुम्ला जिल्ला नाम्खा गाउँपालिकाले भदौ २४ गतेवाट विद्यालय बन्द गर्ने निर्णय गरे पनि सोही गाउँपालिकाका दुई वटा विद्यालयमा पठन पाठन जारी रहेको छ । यसरी कोरोना त्रासका  बेला पनि पठन पाठन हुने बिद्यालवमा सुनखानी प्राबी हल्जी र भृकटी प्रावी जाङ रहेका छन् ।

कोरोना त्रास फैलिएको बेला पनि ती विद्यालयमा पठन पाठन सुचारु भएको थियो । ती विद्यालयमा सरकारी दरवन्दीका शिक्षक भन्दा पनि नीजि श्रोतको शिक्षकहरु भएको कारण पठन पाठन जारी रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताएका छन् । यी विद्यालयहरुमा हाल परिक्षा चली रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९