राज शाही मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

हुम्ला

हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई रहेको छ ।

यस अघि देश नै बन्दा वन्दीका भएका वेला पनि पठन पाठन भएका २ विधालयमा यो पछिल्लो लगडाउनमा पनि पठन पाठन भइ रहेको छ ।

हुम्ला जिल्ला नाम्खा गाउँपालिकाले भदौ २४ गतेवाट विद्यालय बन्द गर्ने निर्णय गरे पनि सोही गाउँपालिकाका दुई वटा विद्यालयमा पठन पाठन जारी रहेको छ । यसरी कोरोना त्रासका  बेला पनि पठन पाठन हुने बिद्यालवमा सुनखानी प्राबी हल्जी र भृकटी प्रावी जाङ रहेका छन् ।

कोरोना त्रास फैलिएको बेला पनि ती विद्यालयमा पठन पाठन सुचारु भएको थियो । ती विद्यालयमा सरकारी दरवन्दीका शिक्षक भन्दा पनि नीजि श्रोतको शिक्षकहरु भएको कारण पठन पाठन जारी रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताएका छन् । यी विद्यालयहरुमा हाल परिक्षा चली रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९