गोर्ख रोकाया आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

हुम्ला

कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो ।

यस अघि जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयको अनुमती लिइ साधारण तारेखमा रहने गरी १ लाख धरौटीमा छोडेको थियो । २ लाख धरौटी तिरी तारेखमा रहने वडा अध्यक्षमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकु सिह वुढा रहेका छन् ।

आर्थिक वर्ष ०७७।७८ को पहिलो कृर्ते मुद्दा हुम्ला जिल्ला अदालतमा आइतबार दर्ता भएको छ । सरकारी वकिल कार्यालयको अभियोगका साथ उक्त मुद्दा आज हुम्ला जिल्ला अदालतमा दर्ता भएको हो ।

विगो रु.९०,०००(नव्वे हजार) कायम गरी प्रतिवादी मकुसिंह बुढा र जय वहादुर शाहीलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा (३) वमोजिमको कसुरमा सोही ऐनको दफा २१ को उपदफा (३) बमोजिम सजाय हुन र तत्काल प्रचलित मुलुकी ऐन किर्ते कागजको महलको १नं., ७नं., ९ नं., १२ नं. हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा तत्काल प्रचलित मुलुकी ऐन किर्ते कागजको महलको ७नं., ९ नं., १२ नं. हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (३)(ग) र (४) बमोजिम सजाय हुन मागदावी लिई उक्त मुद्दा हुम्ला जिल्ला अदालतमा दर्ता भएको हो ।

यस अघि जिल्ला प्रहरी कार्यालयमा दाखिल गरेको एक लाख धरौटी फौजदारी कसुरको अनुसन्धा सम्बन्धी नियमावली २०७५ को नियम २१ बमोजिम गरिने वा कानून बमोजिम अभियोगीलाई फिर्ता गरिने भएको छ ।

अभियोगि भाग दावी वमोजिम अभियोगीलाई ७ वर्ष कैद र ७० हजार सम्म जरिवानाको व्यवस्था रहेको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९