गोर्ख रोकाया आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कृर्ते मुद्दाका अभियोगी वडा अध्यक्ष वुढा २ लाख धरौटीमा छुटेका छन । विजया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको कृर्ते मुद्दामा आज हुम्ला जिल्ला अदालतले २ लाख धरौटीमा छोडेको हो ।

यस अघि जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयको अनुमती लिइ साधारण तारेखमा रहने गरी १ लाख धरौटीमा छोडेको थियो । २ लाख धरौटी तिरी तारेखमा रहने वडा अध्यक्षमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकु सिह वुढा रहेका छन् ।

आर्थिक वर्ष ०७७।७८ को पहिलो कृर्ते मुद्दा हुम्ला जिल्ला अदालतमा आइतबार दर्ता भएको छ । सरकारी वकिल कार्यालयको अभियोगका साथ उक्त मुद्दा आज हुम्ला जिल्ला अदालतमा दर्ता भएको हो ।

विगो रु.९०,०००(नव्वे हजार) कायम गरी प्रतिवादी मकुसिंह बुढा र जय वहादुर शाहीलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा (३) वमोजिमको कसुरमा सोही ऐनको दफा २१ को उपदफा (३) बमोजिम सजाय हुन र तत्काल प्रचलित मुलुकी ऐन किर्ते कागजको महलको १नं., ७नं., ९ नं., १२ नं. हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा तत्काल प्रचलित मुलुकी ऐन किर्ते कागजको महलको ७नं., ९ नं., १२ नं. हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (३)(ग) र (४) बमोजिम सजाय हुन मागदावी लिई उक्त मुद्दा हुम्ला जिल्ला अदालतमा दर्ता भएको हो ।

यस अघि जिल्ला प्रहरी कार्यालयमा दाखिल गरेको एक लाख धरौटी फौजदारी कसुरको अनुसन्धा सम्बन्धी नियमावली २०७५ को नियम २१ बमोजिम गरिने वा कानून बमोजिम अभियोगीलाई फिर्ता गरिने भएको छ ।

अभियोगि भाग दावी वमोजिम अभियोगीलाई ७ वर्ष कैद र ७० हजार सम्म जरिवानाको व्यवस्था रहेको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९