राज शाही शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् ।

जिल्लाको उच्च स्थानमा पाइने जडिवुटी संकलन गर्न हुम्लीहरु वन जंगल चाहर्न थालेका छन् । जडिवुटी निकाल्ने मुख्य समय असोज कार्तिक भए पनि साउन भदौबाटै जडिवुटी संकलन गर्न थालिएको छ । हुम्लीहरु जडिवुटी निकाल्नको लागी जंगलमै पाल टाँगेर वा ओडारमा महिनौ सम्म बास बस्न थालेका छन् ।

उच्च हिमाली भेगमा चाँडै नै हिमपात हुने र आजभोली नै तुसारो पर्न सुरु भइ जविन पानी जमि पत्तथर वन्ने र असोज कार्तिकमा खनेर निकाल्न नसकिने भएकाले आज भोली बाली भित्राउने समय भए पनि गाउँ घरमा एक दुइ जना महिला मात्रै बसेर अन्य सबै वनजंगलमा जडिवुटी संकलनमा गएका छन् ।

वनमा संकलन गरीएको जडीवुटी व्यापारीहरु संवन्धि वनमै पुगेर खरिद गरि जिल्ला सदरमुकाम सिमकोटमा विभिन्न माध्यमबाट ढुवानी गर्न थालेका छन् । कोही मानिसबाट ढुवानी गरि रहेका छन् भने केही व्यापारीले वन जंगलमै जडिवुटी खरिद गरि सोही ठाउँमा नै भण्डारण गरि राख्ने गरेका छन् ।

हिमाली भेगका ट्याक्टरका रुपमा चिनिने घोडा खच्चर र खसिबाट पनि जडिवुटी ढुवानी गर्न थालीएको छ । वन जंगलमै भण्डार गरी जडिवुटी राख्दा चोरी संगै कुहियर जाने भएकाले चरिचरनका लागी जिल्लाका उच्च हिमाली भेगमा लिएका भेडा बाख्राबाट पनि जडिवुटी ओसापसार भइ रहेको छ ।

एक जना भेडी गोठालाका अनुसार एक वडा भेडा खसिले कम्तीमा १० केजी देखि ३० केजी सम्म बोक्ने गरेको र व्यापारीले दुरी हेरेर प्रति केजीको ढुवानी दिने गरेको बताएका छन् । यति वेला भेडा खसी गोठालाले जडिवुटी ढुवानी गरी राम्रै आम्दानी हुने गरेको बताएका छन् ।

हुम्लीहरुको गाउँ घरमा यति वेला मानिसको सुनसान र गाउँ घरमा रहेका मुल घरमा ताला लगाइ खान पिनको व्यवस्था गरि वन जंगलमै पाल टाँगी जडिवुटी निकाल्न थालेका छन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९