राज शाही शुक्रबार, भाद्र २६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा एक साथ झम्टने गरेका छन् ।

यस्तै हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका हिरबहादुर शाहीलाई कुकुरले झम्टदा सक्त घाइते भएका छन् । शाही एका विहानै आफ्नो खेतवारीमा लगाएको धानमा पानी हाल्न जाँदा शाहीको फछाडीबाट कालो ठुलो कुकुरले झम्टेको र उक्त कुकुरले गाला बाँया हातको नाडीमा समेत टोकेर सक्त घाइते बनाएको छ ।

कुकुरले झम्टेपछी कुकुरको तल माथिको मुखमा हातहाली बङगारा तलमाथी गर्न खोज्दा भागेको र आफुलाइ कुकुरको अगाडी पछाडीको खुटाको नङले कोतरदा गाला तथा अन्य शरिरका विभिन्न भागमा गहिरो घाउचोट पारेको शाहीले बताएका छन् ।

हाल शाहीको जिल्ला अस्पतालमा उपाचार गरी सदरमुकाम सिमकोटमा बस्दै आएका छन् । शाहीले भनेका छन् उक्त कुकुर आफुले चिनेको र सो कुकुरमा रेविज रोग लागेको भए मार्नका लागी सबैको पहल हुनु पर्ने बताएका छन् ।

कुकुर पालक घरधनीले आ आफ्ना कुकुर घरमा राम्रो संघ बाँधी राख्नु पर्ने अन्यथा जिल्लामा अप्रिय घटना नहोला भन्न नसकिने बताएका छन् । हाल जिल्लाका ७ वटै गाउँ पालिकामा यस्तै समस्या रहेको छ । सबै गाउँ पालिकाले भुस्या कुकुर मार्नको लागी वजेट छुटाउनु पर्ने आवश्यक रहेको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९