राज शाही बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

हुम्ला

राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका  गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको छ ।

गाउँ घरमा सिकिस्त विरामी भए बोकेरै जिल्ला अस्पताल सिमकोट सम्म ल्याउनु पर्ने बाध्यता छ । गाउँ घर भन्दा १ देखि २ घण्टाको दुरीमा रहेका स्वास्थ्य संस्थाबाट स्टेचर ल्याइ विरामी उपचारका लागी जिल्ला अस्पताल सम्म स्टेचरमा लिनु पर्दा केही विरामीको बाटो मै मृत्यु हुने गरेको छ ।

१ देखि २ घण्टाको दुरीमा रहेको स्वास्थ्य संस्थामा पुगेर स्टेचर लिनु भन्दा विरामीलाई डोका मानिसको पछाडी पिठिउमा बोकेरै जिल्ला अस्पताल पुर्याउनेको संख्या वढी देखिन्छ ।

यो समस्याबाट मुक्ती पाउँनका लागी जिल्लाका ७ वटै गाउँ पालिकाले आफ्नो गाउँ पालिका भित्र १ जना पिएचडी डाक्टर र सुविधा सम्पन्न अस्पताल बनाउनु आवश्यक देखिन्छ ।

सिमकोट गाउँ पालिकाले आफ्नो गाउँ पालिका भित्रका ८ वटा वडा मध्य ७ वटा वडामा आन्तरीक सडक संजाल जोडे पछि विरामी, गर्भवति महिला, वृद्ध, असक्त, अपाङगलाई उपचारमा सहज भएको छ ।

खार्पुनाथ गाउँ पालिकाले पालिका केन्द्र याँङचु वजारमा १ वटा सामुदायीक अस्पताल समेतको व्यवस्था गरी पिएच डि डाक्टर नविन रोकायाले उपचार गर्दै आएका छन् । यस्तै अन्य गाउँ पालिकाले पनि सामुदायीक अस्पताल संगै पिएचडी डाक्टरको व्यवस्था गर्नु आवश्यक देखिएको छ ।

खार्पुनाथ गाउँ पालिकाको खार्पु शिव मन्दिर सम्म जिल्ला सदरमुकाम सिमकोटबाट आन्तरिक सडक संजाल जोडि खार्पुनाथ सामुदायीक अस्पतालमा उपचार हुन नसक्ने विरामीलाइ जिल्ला अस्पताल सिमकोटमा रिफर गर्दा खार्पुनाथ यातायात प्रालि संगै अन्य निजि सवारी साधनले बोकेर ल्याउदा उपचारमा केही सहज भएको खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९