राज शाही मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ ।

हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकाले शैक्षिक क्षेत्र खुल्ला गर्ने निर्णय वमोजिम केही दिन खुल्ला गरे पनि पुन नेपालमा कोरोना संक्रमित संगै मृतकको संख्या वढ्दै गए पछि पुन वन्द गर्न वाध्य भएका थिए ।

विद्यालयमा पठन पाठन कार्य वन्द भए पछि विद्यार्थी फुर्सदिला भएका छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थी गाउँ घरमा समुह वनाइ भौतारीने गरेका छन् भने ६ कक्षा देखि माथिका विद्यार्थी घर परिवारका विभिन्न घराइसी काम संगै विकास निर्माणका कार्यमा ज्यालादारीका रुपमा काममा लागी आर्थिक उपार्जन गर्न थालेका छन् । कक्षा ६ देखि माथिका विद्यार्थी गाउँ घरमा हुने विकास निर्माणका काम गर्न थालेका छन् ।

केही विद्यार्थी घरपालुवा पशु चौपाएको गोठालो जान थालेका छन् केही विद्यार्थी कृषि क्षेत्रमा घर परिवारको सहयोग गरि रहेको पाइएको छ । यसले गर्दा घर परिवारको क्षेणिक आर्थिक उपार्जन त होला तर ति विद्यार्थीको भविश्य के हुने हो भन्नेमा अभिभावक चिन्नतीत देखिन थालेका छन् । यो समस्याको समयमै नेपाल सरकारले समाधान गर्नु पर्ने शैक्षिक क्षेत्रका विज्ञहरुको भनाइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९