राज शाही मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

हुम्ला

कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ ।

हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकाले शैक्षिक क्षेत्र खुल्ला गर्ने निर्णय वमोजिम केही दिन खुल्ला गरे पनि पुन नेपालमा कोरोना संक्रमित संगै मृतकको संख्या वढ्दै गए पछि पुन वन्द गर्न वाध्य भएका थिए ।

विद्यालयमा पठन पाठन कार्य वन्द भए पछि विद्यार्थी फुर्सदिला भएका छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थी गाउँ घरमा समुह वनाइ भौतारीने गरेका छन् भने ६ कक्षा देखि माथिका विद्यार्थी घर परिवारका विभिन्न घराइसी काम संगै विकास निर्माणका कार्यमा ज्यालादारीका रुपमा काममा लागी आर्थिक उपार्जन गर्न थालेका छन् । कक्षा ६ देखि माथिका विद्यार्थी गाउँ घरमा हुने विकास निर्माणका काम गर्न थालेका छन् ।

केही विद्यार्थी घरपालुवा पशु चौपाएको गोठालो जान थालेका छन् केही विद्यार्थी कृषि क्षेत्रमा घर परिवारको सहयोग गरि रहेको पाइएको छ । यसले गर्दा घर परिवारको क्षेणिक आर्थिक उपार्जन त होला तर ति विद्यार्थीको भविश्य के हुने हो भन्नेमा अभिभावक चिन्नतीत देखिन थालेका छन् । यो समस्याको समयमै नेपाल सरकारले समाधान गर्नु पर्ने शैक्षिक क्षेत्रका विज्ञहरुको भनाइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९