राज शाही मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

हुम्ला

स्वच्छ र सक्षम प्रशासन सम्वृद्धि र शुशासन भन्ने मुल नाराका साथ कर्मचारीलाई सम्मान गरी हुम्ला जिल्ला अदालतले निजामती कर्मचारी दिवस मनाएको छ ।१७ औ निजामती कर्मचारी दिवसको अवसरमा हुम्ला जिल्ला अदालतमा लामो समय सम्म कर्मठ, इमानदार र लगनसिल भई काम गर्ने नायव सुब्बा दानबहादुर रावतलाई सम्मान गरी उक्त दिवस मनाइएको हो ।

कोरोना भाइरस कोभिण्ड १९ लाई मध्य नजर रही नेपाल सरकारले कर्मचारीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी र्याली जुलुस नगरी आ आफ्नै कार्यालयमा सामाजिक दुरी कायम गरी कर्मचारी दिवस मनाउन परिपत्र गरे बमोजिम हुम्ला जिल्ला अदालतले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीका बिच भाद्र २२ गते निजमती कर्मचारी दिवस मनाएको हो ।

हुम्ला जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईको अध्यक्षतामा मनाइएको उक्त दिवसमा हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी पदमबहादुर महरी बढुवा भइ खरिदार पदमा अन्य कार्यालयमा गएकाले सोहि अवसरमा हार्दिक वधाइका साथ विधाइ कार्यक्रम पनि गरिएको थियो ।

देश संघीयतामा गएर तीन किसिमका सरकार र कर्मचारीका संरचना बनेपछि एक आपसमा समन्वयको अभाब भएको देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निजामति कर्मचारी खटाउने गरेपनि कर्मचारीलाई अन्य सहयोग नगर्दा कर्मचारीमा समन्वय अभाब देखिएको खार्पुनाथ गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले उक्त निजामती कर्मचारी दिवसको अवसरमा बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९