राज शाही सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो ।

प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, रोयल कर्णाली टिम, याँङचु टिम, प्रभु बैंक टिम, गाउँ पालिका टिम र स्वास्थ्यकर्मी टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम प्रथम, रोयल कर्णाली टीम दितिय र याँङचु टिम तृतिय भएका थिए ।आयोजक खार्पुनाथ गाउँ पालिका रहेको सो प्रतियोगिता आजै सुरु भइ आजै सम्मपन्न भएको खार्पुनाथ स्वास्थ्य अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् ।

त्यसै गरि जिल्ला प्रहरी कार्यालयको टिम र खार्पुनाथ युवा टिम विच भएको खेलमा जिल्ला प्रहरी कार्यालयले जित हात पार्न सफल भएको खार्पुनाथ गाउँ पालिका प्रमुख प्रसासकीय अधिकृत चन्द्रविर शाहीले बताएका छन् ।

मैत्रीपुर्ण भलिवल प्रतियोगीतामा पहिलो दोश्रो र तेश्रो हुने टिमलाई खार्पुनाथ गाउँ पालिकाले प्रमाण पत्र प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९