राज शाही सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो ।

प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, रोयल कर्णाली टिम, याँङचु टिम, प्रभु बैंक टिम, गाउँ पालिका टिम र स्वास्थ्यकर्मी टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम प्रथम, रोयल कर्णाली टीम दितिय र याँङचु टिम तृतिय भएका थिए ।आयोजक खार्पुनाथ गाउँ पालिका रहेको सो प्रतियोगिता आजै सुरु भइ आजै सम्मपन्न भएको खार्पुनाथ स्वास्थ्य अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् ।

त्यसै गरि जिल्ला प्रहरी कार्यालयको टिम र खार्पुनाथ युवा टिम विच भएको खेलमा जिल्ला प्रहरी कार्यालयले जित हात पार्न सफल भएको खार्पुनाथ गाउँ पालिका प्रमुख प्रसासकीय अधिकृत चन्द्रविर शाहीले बताएका छन् ।

मैत्रीपुर्ण भलिवल प्रतियोगीतामा पहिलो दोश्रो र तेश्रो हुने टिमलाई खार्पुनाथ गाउँ पालिकाले प्रमाण पत्र प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९