शान्ती कुमारी सिंह शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको  ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी पिडितहरुलाई एक लाख २ हजार ३४ रुपियाँ जम्मा गरि राहत स्वरुप पठाउने तयारी गरि रहेका छन् । सहयोग गर्नेमा लामु लामाको २५ हजार रहेको छ ।

त्यसै गरि अन्य सहयोग गर्नेमा  पेमा लामा, तन्जन लामा, इश्वर लामा, राजु लामा, सुनामदोर्जी लामा,  तेम्वा लामा, बुर्ला लामा, कुन्साङ लामा लगाएतका २६ जना ताक्लाकोटमा रहदै आएका हुम्लावासी रहेका छन् । मंसीरमा फिर्ता आउनु पर्ने उनीहरु हिउदमा हिमपात र त्यसपछिको कोरोनाको कारण नाका बन्द हुदा ताक्लाकोटमै थन्किएका थिए ।

यसरी प्रदेशमा बसेर आफ्ना जिल्लाका पिडितहरुलको दुखेको घाउमा मलाम लगाउने मनकारी हातहरु धन्यवादका पात्र भएका छन् । कोरोना कहरले प्रताडित बन्नु परेको प्रदेशी ब्यक्तिबाट यसरी सहयोग प्राप्त हुन सह्राहनीय कार्य हो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९