शान्ती कुमारी सिंह शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

हुम्ला

जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नं. ७ को रोडिकोटको  ठूलागाउँका आगलागि पिडितका लागि चीनको ताक्लाकोटमा रहदै आएका हुम्लाबासीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोक्याल लामा र थुक्देन लामाको टोलीले आगलागी पिडितहरुलाई एक लाख २ हजार ३४ रुपियाँ जम्मा गरि राहत स्वरुप पठाउने तयारी गरि रहेका छन् । सहयोग गर्नेमा लामु लामाको २५ हजार रहेको छ ।

त्यसै गरि अन्य सहयोग गर्नेमा  पेमा लामा, तन्जन लामा, इश्वर लामा, राजु लामा, सुनामदोर्जी लामा,  तेम्वा लामा, बुर्ला लामा, कुन्साङ लामा लगाएतका २६ जना ताक्लाकोटमा रहदै आएका हुम्लावासी रहेका छन् । मंसीरमा फिर्ता आउनु पर्ने उनीहरु हिउदमा हिमपात र त्यसपछिको कोरोनाको कारण नाका बन्द हुदा ताक्लाकोटमै थन्किएका थिए ।

यसरी प्रदेशमा बसेर आफ्ना जिल्लाका पिडितहरुलको दुखेको घाउमा मलाम लगाउने मनकारी हातहरु धन्यवादका पात्र भएका छन् । कोरोना कहरले प्रताडित बन्नु परेको प्रदेशी ब्यक्तिबाट यसरी सहयोग प्राप्त हुन सह्राहनीय कार्य हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९